चितवन : अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले कटान सुरु गरेको छ।भरतपुर महानगरपालिका-३, ४, १६, २७ र २८ मा नदी कटान सुरु भएको हो। बाढीको कटान र डुबानको जोखिममा भरतपुर महानगरपालिका मात्रै देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।भरतपुर-३, ४, १६ २६ का डुबानमा परेका र जोखिममा रहेका २४७ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। ‘नदी कटान र डुबान सुरु भएको छ’, उनले भने, ‘राजमार्गमा फाटफुट पहिरो खसे पनि तत्काल सुचारु गरिएको छ। अरु पालिकामा