कोभिड–१९ पछि सबैभन्दा ठूलो समस्या भनेको मुटुरोग देखिनु हो । संसारका एक–तिहाई मानिसको मृत्यु मुटुरोगका कारण भइरहेको छ । ६० वर्षपछि त क्यान्सर वा अन्य गम्भीर रोगको तुलनामा मुटु रोग हुने सम्भावना दुईदेखि तीन गुणा बढ्ने गर्छ । पछिल्ला केही समयदेखि मुटुका रोगीमा ज्येष्ठ नागरिकमात्रै नभई युवा पनि समावेश छन् । कोभिड–१९ पछि मुटुरोगीमा १४ प्रतिशतसम्मको वृद्धि भएको छ र यसमा धेरैजसो युवा नै छन् । ती पनि ३० देखि ४० वर्षका ।भारतका टिभी अभिनेता सिद्धार्थ शुक्लाको ४१ वर्षमा हृदयघात