सुस्त गतिमै भए पनि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने काम एक हिसाबले चलिरहेको छ । तर इन्टरनेट, केबल टेलिभिजन, टेलिफोन लाइन, अप्टिकल फाइबरजस्ता संरचना भने सधैं लथालिंग अवस्थामा छन् । जब कि बिजुलीको पोलमा भएकामध्ये ९० प्रतिशत तार इन्टरनेट र केबल टीभीहरूकै हुन्छन् ।