गुण्डा भनेर चिनिने काँग्रेस निकट युवा गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छ