गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।