गलकोट । दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ । बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ । कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन् । […]