हुम्लामा कोरोनाविरुद्ध जनचेतना जगाउँदै प्रहरी

सिमकोट– देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै हुम्ला प्रहरीले कोरोनाविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ। प्रहरीले माइकिङ गर्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेरम्भ शर्मा आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिएका छन्। डिएसपी शर्माले जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफू […]

सम्बन्धित सामग्री

हेल्थडेस्क सञ्चालनमा ल्याइने

हुम्ला । हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई संक्रमणबाट बचाउन सातओटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गर्नुका साथै संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ । यसैगरी सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्नुका साथै सार्वजनिक स्थलमा धेरै व्यक्ति उपस्थित हुनेगरी राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगराउन पनि समितिले निर्देश समितिले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । जिल्ला भित्रिने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चंखेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्यसामग्री र स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य जाँच गरिने र सिमानाकास्थित गाउँपालिकाका स्वास्थ्य संयोजकले जिल्ला भित्रिएका नागरिकको दैनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । कोरोनाविरुद्ध जनचेतना फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह गर्नुपर्ने, सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्नुपर्ने, खाद्यान्न विक्री गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्ने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने, व्यवस्था गरिएको छ । त्यसैगरी अस्पताल र आइसोलेशनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचारप्रसार गर्नुपर्ने र सबै गाउँपालिकामा स्वास्थ्यसामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा पनि समितिले जोड दिएको थियो । रासस

कोरोनाविरुद्ध तरुण दलको जनचेतना अभियान (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले कोभिड-१९ महामारीविरुद्ध जनचेतनामूलक अभियान संचालन गरेको छ । काठमाडौं महानगरका विभिन्न नगर समितिसँगको सहकार्यमा गरिएको कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन, कोरोनाविरुद्धको खोप लगाउन सचेत गराइएको छ । अभियानका टोलीले काठमाडौंको कोटेश्वर, बानेश्वर, गोंगबु, चाबहिललगायत ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै पैदल र गाडीका यात्रुलाई मास्कसमेत […]

कोरोनाविरुद्ध जनचेतना जगाउन सडकमा सिडिओ

प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै माक्स वितरण गरिरहेका छन्।...

कोरोनाविरुद्ध ‘एसोसियशन माइली’को अभियान

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापु गाउँको शिक्षा, स्वास्थ्य र खानेपानीमा सहयोग पु¥याउँदै आएको सामाजिक संस्था ‘एसोसियशन माइली’ले कोरोना भाइरसबाट बच्न जनचेतना कार्यक्रम चलाएको छ। त्यसक्रममा उसले तीन लाख ६३ हजार ५ सय ५८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्र...

कोरोनाविरुद्ध सन्देश फैलाउँदै गाउँगाउँमा प्रहरीको माइकिङ

जाजरकोट :  जाजरकोट प्रहरीले गाउँ गाउँमा माइकिङ गरेर कोरोनाविरुद्ध जाँगरण अभियान चलाएको छ। प्रहरीले ‘जरुरी कामबाहेक अन्य समयमा बाहिर ननिसक्नू , पसलमा सामग्री किन्दा अतिआवश्यकबाहेक अन्य समयमा पसल नखोल्नू, समयसमयमा साबुन पानीले सफा गर्नु’, भन्दै गाउँमा जनचेतना फैलाएका छन्।  जिल्ला प्रशासन कार्या...