कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशन भएपनि सिष्टममा अपलोड हुने क्रम मै रहेकोले केही समयपछि मात्र नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै ७० हजार १ जना परीक्षार्थीले बी प्लस ल्याएका छन् । ९९ हजार ५ सय ३७ जनाले बी ग्रेड पाएका छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् भने २४ हजार ५ सय १५ जनाले सी ल्याएका छन्। ३ हजार ८ सय ७५ परीक्षार्थीले डी प्लस ल्याएका छन् भने २ सय ९६ जनाले डी प्लस ल्याएका छन् । १० हजार ७३ परीक्षार्थीले इ ग्रेड पाएका छन् ।