चर्च ब्वाईज युनाईटेड उपाधिकाे होडमा

बारा । चर्च ब्वाईज युनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिकाे होडमा प्रवेश गरेको छ। बिहीबार सिमरामा भएकाे खेलमा चालू सिजनको ‘ए’ डिभिजन लिगमा अपराजित चर्च ब्वाईज युनाईटेड उपाधिकाे होडमा प्रवेश गरेको हाे । बिहीबार साँझ सिमरा रंगशालामा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आफूलाई […]

सम्बन्धित सामग्री

जीतपुर सिमरा गोल्डकप १४ औं संस्करण चैत्र २४ गतेबाट - NepaliPatra

बारा । जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ गतेदेखि शुरु हुने भएको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स […]

जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस […] The post जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने first appeared on हाम्रो खेलकुद.

चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा । सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चर्च ब्वाईजले एपीएफलाई २–१ ले हराएको हो । सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागिता मै सेमिफाइनल यात्रा तय गरेको हो । एपीएफका सन्तोष […]

पोखरा गोल्डकप : फाइनल प्रवेशका लागि चर्च ब्वाईज र भुट्नीज युथ क्लब भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा आज चर्च ब्वाईज युनाईटेड र भुट्नीज युथ क्लब यूएसए भिड्दैछन्। यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक साहरा क्लबले जनाएको छ।  पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। यसपटक आहा रारा गोल्डकप विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

मछिन्द्रमाथि चर्च ब्वाईजको सानदार जित

आशिष चौधरी र आशिष चापागाईँको ‘व्युटिफुल कम्बिनेशन’ बनेपछि चर्च ब्वाईज युनाईटेड आहा रारा पोखरा गोल्डकपको डेब्यु सहभागितामै सेमिफाइनल प्रवेश गरेको छ।