जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस […] The post जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […] The post जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै first appeared on हाम्रो खेलकुद.

जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि संकटा र एआरए भिड्दै

वीरगंज : विश्वकर्मा ११ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन (एआरए) भिड्दैछन्। दुई टिमबीचको फाइनल भिडन्त सिमरा रंगशालामा शनिवार हुँदै छ। जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा रहँदा पहिलो पटक सहभागिता जनाएको एआरए ईतिहास रच्ने रणनीतिमा हुनेछ। एआरए पाहुना टोलीको…

न्यानो कपडा पाएपछि खुशी हुँदै चिसाे प्रभावित क्षेत्रका एक वालिका

चिसोबाट प्रभावित ग्रामिण भेगका स्कुले बालबालिकालाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ सिमरा युथ, युवा समाज सिमरा र नेपाल बाल संगठनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ र १८ का तीन वटा विद्यालयका छात्रछात्राकासहितका अभिभावकलाई बुधबार चिसो मौसममा लगाउने कपडा वितरण गरेको हो । केही दिनयता अत्याधिक चिसो बढेपछि विपन्न परिवारका बालबालिका तथा बृद्धबृद्धा प्रभावित हुँदै आएका छन् । बढ्दो चिसोबाट जोगिनका तीन वटै संस्थाले संयुक्त रुपमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बड्हर्वा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुर र सुर्य विनायक प्राथमिक विद्यालय कुशमाडीका चार सय बालबालिका तथा सय बढी उनीहरुका अभिभावकलाई न्यानो कपडा वितरण गरेको लायन्स क्लबका अध्यक्ष हंकलपित न्यौपानेले बताउनुभयो । सेवामुलक संस्थाहरुको सहकार्यमा ग्रामिण क्षेत्रमा प्रभावित रहेका बालबालिकासहित बिद्यालयलाई छ सय थान कापी, पेन्सिल, छ÷छ थान फुटवल र ब्याटमिन्टनलगायतको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । चार सय बालबालिकालाई लायन्स क्लब अफ सिमरा युथले ज्याकेट, स्विटर, युवा समाज सिमराले अभिभावकलाई न्यानो कपडा तथा बाल संगठनले तीन वटै विद्यालयका छात्रछात्रालाई शैक्षिकसहित खेलकुद सामाग्रीको व्यवस्थापन गरेको लायन्स क्लबका उपाध्यक्ष दिवाकर भण्डारीले बताउनुभयो । कपडासहितको सामाग्री वितरण कार्यक्रममा लायन्स क्लबका सचिव बसन्त खतिवडा, बाल संगठन बाराका संयोजक त्रिलोक बिक्रम शाह, युवा समाज सिमराका अध्यक्ष सुशिल ढकालसहित पुष्पराज खतिवडा, रिना बजगाई, निलिशा बर्मा, मनिता पाण्डे, श्रीराम रेग्मी, मिथिलेश महतो, राजकुमार न्यौपाने, राकेश यादव, राजकुमार थापा, कलिप खरेल, गणेश कोईराला, गोविन्द चौधरी, युवा समाजका मनिष प्याकुरेलको सहभागिता रहेको थियो ।