काठमाडौं : पुनः मतगणना गराउन मागसहित दायर गरिएका ८ वटा रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।आज प्रारम्भिक सुनुवाईपछि संवैधानिक इजलासले निर्वाचन आयोगसहित विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न कारण देखाउँदै ती क्षेत्रमा पुनः मतगणनाको मागसहित रिट दायर गरिएको थियो।प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र २ का एमाले उम्मेदवार उमाशंकर अरगरिया, धनुषा क्षेत्र ४ का कांग्रेस उम्मेदवार महेन्द्र यादव, पर्सा क्षेत