लकडाउनमा घुम्ती टोलीमार्फत पढाइ

दमक (झापा) : लकडाउनका कारण सवै शैक्षिक संस्थाहरु ठप्प भएका बेला गौरादह नगरपालिमा भने शिक्षक/शिक्षिकाहरु घरघरमै गएर पठनपाठन गराउन थालेका छन्। नगरका सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरुले विद्यार्थीहरुलाई उनीहरुकै घरमा पुगेर पढाउन थालेका हुन्। शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका र शिक्षकहरु पनि गा...

सम्बन्धित सामग्री

सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने

काठमाडौँ– भारतीय अभिनेता सोनु सुद कोरोना भाइरसको महामारी पश्चात सामाजिक कार्यमा सक्रिय छन् ।  उनले लकडाउनमा फसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरेर चर्चामा आए । फिल्मको पर्दा भिलेन देखिने सोनुले असली जीवनमा भने सहयोगी भाव स्थापित गरे । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सोनुले […]

कोभिडबाट भएको शैक्षिक क्षति : दुई वर्षमा पनि सरकारले सार्वजनिक गरेन विवरण

काठमाडौं : नेपालमा कोरोना भाइरस फैलिएपछि पहिलो पटक ०७६ चैत ११ गतेदेखि लकडाउन भयो।सरकारले कोभिड संक्रमण तथा रोकथाम नियन्त्रण गर्नका लागि गरेको लकडाउनले देशभरका शैक्षिक संघ संस्था बन्द भए। विद्यार्थीले पढ्न पाएनन्।निजी विद्यालयका कतिपय शिक्षक जागिरबाट निकालिए। शैक्षिक सत्रमा ठूलो धक्का लाग्यो।यीलगायत कैयौं समस्या भएको दुई वर्ष पुग्दा पनि सरकारले हालसम्म शैक्षिक क्षति विवरण र धारणा प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।पहिलो लकडाउनमा देखिएको शैक्षिक समस्यापहिलो लकडाउनमा लामो समय पढ

सोच बदलौं

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । अरू देशमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकोले पेट्रोलियमको भाउ बढ्छ । हाम्रो देशमा भने तेलमा नेता र कर्मचारीको कमाउने दाउका कारण भाउ बढ्छ । अरू देशमा बढेको भाउ घट्छ पनि । तर नेपालमा भाउ एकपटक उकालो लागेपछि ओर्लन मान्दै मान्दैन । पेट्रोलियमको भाउ बढेपछि यसले यातायातमा र त्यसको प्रभावले सबै क्षेत्रमा महँगी त बढाउने नै भयो । लोभको सीमा छैन । महँगीको बीमा छैन । फेरि यो हिजोआज मात्र थालिएको खेल होइन । यो दशकौंदेखि चलिरहेको झेल हो । त्यसैले यदि तपाईं हामीले यो परिस्थिति बदल्न सक्तैनौं भने आउनोस् मनस्थिति नै बदलौं, अर्थात् यै कुरालाई अर्को कोणबाट हेरौं । महँगी बढेन भने के हुन्छ ? महँगी बढेन भने त जुन कामका लागि सरकार बनाएको हो, त्यो पूरा हुँदैन नि त ! त्यसैले सरकारले महँगी बढायो भन्नुको मतलव सरकार विकासप्रति प्रतिबद्ध छ भन्ने हो । अर्थशास्त्रले मूल्यवृद्धि हुनुलाई अर्थतन्त्रको विस्तारको द्योतक मान्छ क्यारे ! त्यसैले त भनेको सरकार राष्ट्रहितमा लाग्या लाग्यै छ । त्यै भएर पेट्रोलियमको भाउ बढाको बढाई गर्छ । किनकि ऊ चाहन्छ, मानिसहरू पैदलै हिँडून् । तपाईंलाई थाहै छ पैदल हिँड्नुका फाइदाहरू । भनिन्छ पेट र पेट्रोलियम बढ्यो भने कि पैदल हिँड्नु, कि साइकल चलाउनु, दुवै फाइदाजनक हुन्छन् । यूरोपका मानिसले गाडी छाडेर साइकल चढ्न थालेका छन् । हामी पनि विकसित बन्न त्यसकै नक्कल गर्न परेन ? सरकारले आफ्नो मूल्य घटाएरै भए पनि थुप्रै कुराहरूको भाउ बढाइदिएको छ । उदाहरणका लागि, केही समयअघि मात्र सरकारले गाडीमा हाल्ने तेलको मात्र हैन, पेटमा हाल्ने तेल अर्थात् खाने तेलको पनि भाउ ह्वात्तै बढाउने अनुमति द्या थ्यो । यो मान्छेले तेल कम प्रयोग गरून् भनेरै हो । तेल कम खानुको फाइदा सबैलाई थाहै छ । अब जनता तेल धेरै खाएर कोलेस्टेरोल बढेका कारण हृदयाघातबाट मर्ने छैनन् । मानिसहरू सडक दुर्घटनाबाट र भोक र झोँकबाट मर्न सक्छन् । तर हृदयरोगका कारण चैं मर्नै पाउन्नन् । त्यसैले डार्बिनको सिद्धान्त लागू गरौं, अर्थात् यति बढ्दो महँगीमा जो टिक्न सक्छ, उही नै बाँच्छ भन्ने कुरा बुझौं । फेरि यो महँगी, बेरोजगारी भन्ने नै बेमतलवका कुरा हुन् । पढाइ लेखाइ टाइम पासका लागि गरिने कुरा हुन् । लकडाउनमा त्यत्रा शैक्षिक संस्था बन्द भए । त्यसले कसैलाई केही फरक पर्‍यो ? परेन नि । फरक परेको भए त देखिनुपर्ने हो । खाने तेलको मूल्य एकैचोटि १६० बाट २८० रुपैयाँ पुग्दा कोही बोल्दैनन् । विद्यार्थी संगठनहरू पनि शिक्षाको गुणस्तर, विद्यार्थीलाई के पढाउने वा रोजगारी कसरी बढाउने विषयमा बोल्दैनन् । तर पेट्रोलियममा २/४ रुपियाँ बढ्दा सडकमा टाएर बाल्छन् । के नमिलेको नमिलेको क्या ! त्यसैले, यो जागीर खाने, विदेश जाने, देशको विकास हुने वा नहुने यी सबै भाग्यका कुरा हुन् । भाग्यमा भए काम बन्छ, नभए बन्दैन । भाग्यमा भए जागीर पाइन्छ, नभए पाइँदैन । हुन पनि खाली हात आएको हो, खाली हात नै जाने पनि हो । जिन्दगीको मजा त त्यहाँ छ, जहाँ बाँचिन्छ पनि खाली हात नै, हामी प्रायः नेपालीले खाली हात बाँचेजसरी । यस्ता कुरा विदेशीहरूलाई के था ? विदेशीहरूले यस्ता कुरा बुझ्दै बुझ्दैनन् । त्यसैले उनीहरूको देशमा र हाम्रोमा धेरै कुरा उल्टोपाल्टो जस्तो लाग्छ । उनीहरू स्वास्थ्य र शिक्षालाई समृद्धिको मूल आधार मानेर काम गर्छन् । हाम्रो ठीक उल्टो । किनकि, उनीहरूकोमा शिक्षा र स्वास्थ्य सेवा हो, हाम्रोमा व्यापार । हाम्रोमा चैं यस्तो किन त भनेर नसोध्नुहोला । किनकि तपैंलाई थाहै छ हाम्रो यहाँका मान्छेका सोच नै फरक, नीति र राजनीति नै फरक । नेताहरू आफूलाई भगवान् र जनतालाई भक्त सम्झेर व्यवहार गर्छन् । राजनीति र डकैतीमा केवल चुनावी आवरण मात्र बाँकी रहेको छ । त्यसो त समाजमा पनि मन्त्री र सांसदभन्दा त डाँकाहरूकै इज्जत बढी होला । केवल एउटा कुरा फरक परेका कारण मात्र डाँकाहरू अलि पछि छन् कि भन्ने देखिएको हो । त्यो के भने डाँकासँग सांसदको लोगो र संसद् भवन छिर्ने पास हुँदैन । त्यसका लागि चुनाव त लड्नैपर्छ । त्यत्ति हो । त्यसैले आउनोस्, सोच बदलौं । सरकारले जे जे भन्छ, त्यसैमा विश्वास गरेर चलौं । सरकारी निकायहरूको काममा पनि विश्वास गरौं । उनीहरूले दिने तथ्यांकलाई मिथ्यांक नठानौं । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । सवारी लाइसेन्स वर्षौं बित्दा पनि पाइएको छैन भने सरकार सडक दुर्घटना कम गराउन लागिपरेको छ भनेर बुझौं । सरकारले विकासका लागि खर्च गरेन नभनौं, पैसा बचत गरेको छ भनौं । सरकारले ढिलासुस्ती गर्‍यो नभनौं, जनतालाई हतार नगर्न सिकाएको हो भनौं । धारामा खानेपानी आइरहेको छैन भने विकल्पमा फेरि ट्यांकर वा जारको पानी नै रोजौं । शैक्षिक संस्थामा पढाइ भइरहेको छैन भने युट्युब हेरेरै डिग्री हासिल गरौं । स्वास्थ्य बिग्रियो, अस्पताल जान पैसा छैन भने झारपात, बेसारपानी खाएर वा धामीकहाँ धाएर रोक निको पारौं । यसरी सोच्न थाले जीवन जीउन अलि सजिलो होला कि त ? फूलको आँखामा फूलै संसार भन्छन् नि, त्यस्तै । फेरि गीतामा भनेजस्तै, कर्ममा मात्र हाम्रो अधिकार छ, फलमा छैन क्यारे ! अनि यो महँगी घट्नु वा बढ्नु, काम हुनु वा नहुनुमा पनि हाम्रो हात छैन । त्यसैले बरु गीता बारम्बार पढौं र ज्ञानी भएर बसौं है !