इप्पानले नेपाल धितोपत्र बोर्डलाई भन्यो : जलविद्युत् कम्पनीको आईपीओ अनुमति नरोकौं

पुस २५,  काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले जलविद्युत् आयोजनाहरुको प्राथमिक शेयर निष्कासन (आईपीओ) अनुमति नरोक्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । आइतवार इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै जलविद्युत् कम्पनीहरुको आईपीओ अनुमति नरोक्न नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको हो। साथै उसले बोर्डले आईपीओ निष्कासन अनुमति सम्बन्धी निर्णय नगर्दा निर्माणाधीन जलविद्युत् आयोजनाको काम समेत ठप्प भएको बताएको छ । आइतवार मात्रै इप्पानको प्रतिनिधि मण्डलले धितोपत्र बोर्डका कामु अध्यक्ष निरज गिरीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएको छ ।  ‘जलविद्युत् कम्पनीहरुको आईपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनाको काम ठप्प हुन थालेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको समेत थप काम रोक्नु पर्ने अवस्था सृजना भएको छ ।’  बोर्डको अध्यक्ष नभएको बहानामा बोर्डले आईपीओ अनुमति रोकेको भन्दै विज्ञप्तिमा लामो समयसम्म आईपीओ जारी गर्न नपाउँदा कम्पनीहरुको पूँजीगत योजना प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा धितोपत्र बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलविद्युत् आयोजनाहरु गम्भिर रुपमा प्रभावित भएको पनि उल्लेख छ ।  साथै उसले आगामी एकहप्ता भित्र जलविद्युत् कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणाधीन आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न हुने वातावरण सृजना गर्न  माग गर्नुका साथै सो कुराको सुनुवाई सो अवधिभित्र नभएमा थप शसक्त आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिएको छ । धितोपत्र बोर्डले विगत पाँच महीना यता कुनै पनि कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन ।

सम्बन्धित सामग्री

सेबोनले आइपिओ र हकप्रदको अनुमति रोकेकोमा ऊर्जा उद्यमीहरुको आपत्ति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।   बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति...

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरर्ला आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको स्वीकृति प्रक्रियाले निरन्तरता पाएको हो । झण्डै ६ महिनापछि बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निस्कासन अनुमति दिएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

बोर्ड अध्यक्ष नहुँदा ६ अर्ब ८० करोडको आईपीओ निश्कासन रोकियो

बोर्डमा २ दर्जन बढी कम्पनीको आईपिओ निश्कासनका लागि अनुमतिको पखाईमा छन् । तर, बोर्ड बैठक बस्न नसकेका कारण आईपीओ निश्कासन हुन सकेको छैन ।

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ […] The post २५ वटा कम्पनीको आईपीओ आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिक्लेस हाइड्रोले आईपीओ ल्याउने, बोर्डसँग माग्यो अनुमति

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ ल्याउन कात्तिक २९ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ । कम्पनीले विक्री प्रबन्धकमा यसअघि नै बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।

चार करोडको आईपीओ अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सीवाईसी लघुवित्त

साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । हा

एक दर्जन जलविद्युत् कम्पनीको सेयर आउँदै

निकट भविष्यमै डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।