संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारीप्रति काँग्रेसको आपत्ति

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसद विघटनका कारण हिउँदे अधिवेशन ढिलो प्रारम्भ भएकाले वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागेको सरकारले जनाएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जारी अधिवेशन चाँडै अन्त्य गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री  ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरे

सम्बन्धित सामग्री

लुम्बिनी सरकारद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले देखापढीलाई बताए। उनले भने, "एमालेको एकल बहुमतको सरकार बन्ने भएकाले विशेष अधिवेशनको औचित्य नभएकाले सिफारिस गरेका हौं।" आज बिहान मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा दिएका थिए।

Dekhapadhi

संसद् अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको छ । सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि […]

कारोबार दैनिक

संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । जनतासँगको डरले सरकारले संसदमाथि प्रहार गरेको छ बताए । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए । सरकार अलोकतान्त्रिक बन्दै गएकोले विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।

Dekhapadhi

सरकारका प्रवक्ता भन्छन् : बिजनेस नभएकाले संसद अधिवेशन अन्त्य गर्‍यौं

६ वैशाख, काठमाडौं । सरकारले संसदमा बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको प्रष्टीकरण दिएको छ । सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसदमा विजनेस नै नभएको र कोरोना महामारीको जोखिम पनि बढेकाले अधिवेशन अन्त्य गरेको […]

अनलाइनखबर

प्रधानमन्त्रीको एकलाैटी! सरकार बचाउन अधिवेशन अन्त्य!

काठमाडौं : प्रतिपक्षी दलबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम तयारी भइरहेका बेला चालु संसद् अधिवेशनको अन्त्य गरेका छन्। सोमबार बिहानको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद् अधिवेशन अन्त्य गरिदिएकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा संसद् बैठक अनिश्चितकालका लागि अधिवेशन अन्त्य गरेकी हुन्। पुस ५ गते विघटन गरेपछि फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गर

थाहा खबर

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

Dekhapadhi

सभामुखसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडे

Ratopati

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

थाहा खबर

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशन २३ फागुनबाट बसेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । The post संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटन बदर गरिदिएपछि प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि सुरु भएको थियो।यसबीचमा अहिलेसम्म ५ वटा बैठक बसेको छ। जुन औपचारिकतामै सीमित भए। आगामी बैठक १८ चैतमा बोलाइएको छ। त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। प्रतिनिधिसभालाई सरकारले बिजनेश नै नदिएको विपक्षी दलको आरोप छ भने सरकारले विधेयकसमेत बढाउन नदिएको तर्क गर्दै आएको छ। अब एकाध

थाहा खबर