बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प : पश्चिम नेपालमा धक्का महसुस

काठमाण्डाै - बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो। मध्यराति भूकम्प गएपछि नागरिक घरबाहिर निस्किएका थिए । यसअघि साउनको २१ गते नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो । 

सम्बन्धित सामग्री

भूकम्प र जीवन

विसं २०८०, कात्तिक १७ गते अर्थात् नोभेम्बर ३ तारिक २०२३ शुक्रबार पश्चिम नेपाल (जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर) गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ३५ हजार मानिस घरबार बिहीन भएका छन्, १७ हजार सात सय घर पूर्ण रूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केकाले बस्न नमिल्ने भएका छन् । शुक्रबारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको छ, तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् भने २६४ जना घाइते भएका छन् । त्यस भूकम्पपछि मात्रै कर्णालीमा हालसम्म चार म्याग्निच्युडभन्दा माथिका नौ वटा पराकम्प गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पले पश्चिम नेपाल हल्लायो, एक जनाको मृत्यु, सयौँ घर भत्किए

बाजुरा /बझाङ   मङ्गलवार  दिउँसो बझाङको  तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर पटक पटक  भूकम्प गएको छ ।भूकम्पाका कारण जयपृथ्वी नगरपालिका वडा न. ११   ओखल भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा खस्दा एक महिलाको  मृत्यु भएको छ ।  जयपृथीवी नगरपालिका वडा नं  ११ की ४० वर्षिया गुनमती धामीको मृत्यु भएको हो । उनी बाटोमा हिडिरहेको वेला […]

भूकम्पको सङ्केत

वि.सं. २०७९ कात्तिक २३ गते बिहान २ बजेर १२ जाँदा पश्चिम नेपाल डोटीको खप्तड राष्ट्रिय निकुन्जको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो। जसको धक्का कर्णाली र लुम्बिनी प्रदेशसम्म अनुभव गरिएका समाचार आए। त्यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएको क्रमशः ५.७ र ४.१ रेक्टर स्केलका भूकम्प गएको थियो। यी भूकम्पले त्यस क्षेत्र आसपासमा केही क्षति र हताहती भएको समाचार आएका छन्।