गाँजा नष्ट गरेपछि स्थानीयको आक्रोश, स्थिति नियन्त्रण गर्ने दुई राउन्ड हवाई फायर

काठमाडौंः मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप भएको छ। झडपलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गरेको जानकारी दिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ गाल्छाराङमा बारीमा लुकाएको १८ क्विन्टल गाँजा जलाई फर्किने क्रममा प्रहरी माथि आक्रमण भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। मकवानपुर…

सम्बन्धित सामग्री

नेपालगञ्जमा धार्मिक तनाव बढेपछि प्रहरीले गर्‍यो हवाई फायर (भिडियो)

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ । प्रहरीले नेपालगञ्जको बीपी चोकमा ११ राउन्ड हवाई फायर गरेको हो ।

८ जिल्लामा ३८ राउन्ड हवाई फायर, 'ब्याकअप फाेर्स' प्रयाेग गर्न परेन

काठमाण्डाै – मतदानको क्रममा भएका अवरोध हटाउने क्रममा प्रहरीले आठ जिल्लामा गरी ३८ राउन्ड हवाई फायर गरेको छ । बुथ कब्जा गर्न खोज्नेलाई हटाउन तथा झडप नियन्त्रणको प्रयासमा प्रहरीले ३८ राउन्ड हवाई फायर गरेको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रवक्ता राईका अनुसार दोलखा, बाजुरा, रौतहट, सिरहा, चितवन, हुम्लालगायतका जिल्लामा हवाई फायर भएको हो । यस्तै मतदानका क्रममा विभिन्न विषयमा विवाद हुँदा देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित ...

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतब

इलामको देउमाई नगरपालिकामा २ राउन्ड हवाई फायर

मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो ।जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको रातोपाटीलाई जानकारी दिए ।

दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायर

काठमाडौँ । स्थानीय निर्वाचनको आज (शुक्रबार) भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ । दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् । रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १/१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । […]

बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीद्वारा तीन राउन्ड हवाई फायर

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिए । […]

सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान

जनकपुरधाम : स्थानीय तह निर्वाचनको क्रममा अवस्था तनावग्रस्त बनेपछि सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड हवाई फायर गरेका छन्। राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। धनकौल गाउँपालिका-२ पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर…

रौतहटको फतुवामा पाँच राउन्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको...

भारतीय  एसएसबीद्वारा दशगजामा तीन राउन्ड हवाई फायर

नेपालर –भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् ।सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । स्थानीयका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए । ‘होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए ।