काठमाण्डाै – काठमाण्डौको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेपछि नुवाकोटको बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ ।
आज मङ्गलवार दिउँसो काठमाण्डाैबाट लगिएको फोहरका गाडीलाई स्थानीयवासीले रोकेपछि पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले केहीबेर माइकिङ गरेर सम्झाइ–बुझाइ गर्दा उनीहरूले उल्टै ढुङ्गामुढा गर्न थालेपछि पाँच राउन्ड हवाई फायर गरिएको मैनालीले बताउनुभयो ।...