पाल्पा बस दुर्घटना अपडेट : मृतकको ६ जनाकै सनाखत

पाल्पा : आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको छ जनाकै सनाखत भएको छ। दुर्घटनामा ज्याउन गुमाउने गुल्मीको चन्द्रकोट गाउँपालिका–८ मजुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीकै मुसीकोट नगरपालिका– ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र रूपन्देहीको देवदह नगरपालिका–७ का ८७ वर्षीया डिलसरी कामी रहेको प्रहरीले जनाएको छ।यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासीको बर्दघाट नगरपालिका–९ की २४ वर्षीय पूर्णिमा कामी, बागलु

सम्बन्धित सामग्री

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

बुटवल : पाल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। बागलुङको बुर्तिबाङबाट बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, १२ जनालाई उद्धार…

पाल्पा बस दुर्घटना अपडेट : घाइते ६ जनै सिकिस्त

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा भएको बस दुर्घटनाका ६ जनै घाइते सिकिस्त छन्। दुर्घटनामा ५ बालकसहित ६ जना घाइते भएका थिए। दुर्घटनामा सोही गाउँपालिका-६ का ९ वर्षका खिमबहादुर घर्ती, ८ वर्षका रोमन घर्ती र मिलन बगाले र ७ वर्षका रोहित घर्ती सिकिस्त भएको पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।घाइतेमध्ये बसधनी ४२ वर्षीय बेदबहादुर विसी र अर्का १० वर्षीय बालक आकाश रास्कोटीको अवस्था च

मलामी बोकेको बस दुर्घटना अपडेट : घुम्तीमा मोडिन नसक्दा खस्यो [तस्वीरहरू]

बुटवलबाट पाल्पाको रिडीतर्फ गइरहेको मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना भएको हो । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । बसमा ३५ सवार थिए ।  घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

पाल्पा बस दुर्घटना (अपडेट) : मृतकको संख्या ८ पुग्यो

पाल्पा, १८ पुस। पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी गराएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस […]

पाल्पा बस दुर्घटना अपडेट, सात जनाको मृत्यु, उद्धार जारी

पाल्पा : आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए। बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले प