एजेन्सी। मलेसिया सरकारले आफ्नो हवाई क्षेत्रमा चीनको १६ शैन्य जहाज प्रवेश गरेकोमा विरोध जनाएको छ। मलेसियाले यसबारे चिनियाँ राजदूतलाई खबर गर्ने बताएको छ। मलेसियाका विदेशमन्त्रीले मंगलबार भने, ‘‘मलेसियाको हवाई क्षेत्र र उसको सम्प्रभुताको उल्लंघन गरेकोमा चीनसँग स्पष्टीकरण माग्ने छौं। कुनै पनि देशसँग मित्रवत् सम्बन्ध हुनुको अर्थ आफ्नो राष्ट्रिय सुरक्षासँग सम्झौता गर्नु होइन।’’