पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान - Nepal Japan

पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । कञ्चनपुरको गड्डाचौक

सम्बन्धित सामग्री

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

दोधारा चाँदनी । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन् । अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि […]

पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

४ असोज, कञ्चनपुर । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण …

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन्।

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन्।

मुस्ताङमा पर्यटक प्रकृतिमा रमाउन पाउने वैकल्पिक पदमार्गको पहिचान

मुस्ताङमा पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार […]

पर्यटकको पर्खाइमा रोमाञ्चक लभ्लीहिल

मंसिर ९, म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदीझै सेता टलक्क टल्केका हिमशंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी ।  हरिया बगैँचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ । आसपासमा देखिने हिमशृंखला, चौतर्फी देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यस ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको हो ।  प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको संख्यामा आउने प्रेमजोडी यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस संक्रमणका डरले साउन महीनासम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज गुल्जार हुन थालेको छ । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीका कारण हिजोआज आकर्षणको केन्द्र बन्दै जान थालेको छ । पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो तर अहिले कोरोना संक्रमणको दर केही कम भएकाले यहाँ रौनक शुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए । आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ भने विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजार आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल पनि बनेको छ । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धवलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय समेत यहाँबाट अवलोकन गर्न पाइन्छ ।  बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्य अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार हुनाका साथै नयाँ बस्ती बढ्ने सम्भावना छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि बृद्धबृद्धा रमाउने स्थलका रूपमा विकसित भइरहेको छ ।  यस क्षेत्रमा खान र बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ । रासस