नेपालगन्ज भन्सार कार्यालयमा लिलामी नहुँदा वर्षौंदेखि लाखांै मूल्यका सवारी साधनहरू थन्किएका छन । भन्सार तथा प्रहरीले अवैध रूपमा नियन्त्रणमा लिएका करिब २ सय ५० थान मोटरसाइकल र दुइटा जिपको मूल्यांकन गर्न ढिलाइ भएका कारण लिलाम प्रक्रिया सुरु नभएको हो ।
करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधनहरू अझै लिलाम बिक्री हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका ती सवारी साधनहरू जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।