काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेञ्चमा परेको छ।
अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा परेका छन्। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन्।
न...