‘नमस्कार, यो हो रेडियो कञ्चनपुर । कार्यक्रम लोक झञ्कार । म हुँ रेखा जोशी…।’ कञ्चनपुरको महेन्द्रनगरबाट यसरी थालनी भएथ्यो उनको व्यवसायिक यात्रा । उनले सोचेकी पनि थिइनन्- कुनैबेला रेडियोमा काम गर्छु । यो पनि सोचेकी थिइनन्- कुनै दिन गायिका नै बन्नेछु । पढाइ राम्रो थियो । व्यवस्थापन संकायबाट ‘प्लस टु’ सकेपछि बैंकमा जागिर खाने सोचमा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्दर्भमा शुभकामना दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ ।
काठमाण्डाै - कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी ...
कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।
विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरु गरिसकेका छन् ।
काठमाण्डाै - कोरोनाको जोखिम र लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि सरकारले भोलि सोमबारदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।
एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाइ गर्न लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल ...
कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
बर्दिया : बर्दियाका स्थानीय तहहरुले रेडियोबाट पढाइ सुरु गरेका छन्। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन देशभर लागु गरिएको लकडाउनका कारण समस्यामा परेका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरबाट पढाई सञ्चालन गरेको हो।
सामुदायिक वि...
बाँके : कोहलपुरमा रेडियो तथा अनलाइनबाट सञ्चालन भइरहेको माध्यामिक शिक्षा परीक्षा एसइईको तयारी कक्षा प्रभावकारी बन्दै गएको छ। लकडाउनका कारण परीक्षा हुन नसकेपछि परीक्षार्थीहरुकाे पढाइ छुटेकाले जिल्लामा रेडियाे तथा इन्टरनेटबाट परीक्षा तयारी कक्षा चलाइएकाे छ।
कोहलपुरस्थित रेडियो मिसन ९०.६ मेगाहर्ज, रेडियोको फेसबुक पेज ...
कलकत्तामा जन्मिएका अमन श्रेष्ठ पाँच वर्षको उमेरमा सर्लाहीको हरिवन फर्किए । पढाइ त्यहीँ सुरु भयो र प्लस टु त्यहीँ पूरा गरे । बिबिएस अध्ययनसँगै रेडियो सिटी एफएममा कार्यक्रम चलाउँदै अघि बढे । एमकम अध्ययन सकेपछि उनी भविष्य खोज्दै अस्ट्रेलिया गए ।