६ महिनामा नागढुंगा सुरुङमार्गको १६ प्रतिशत काम

२० अर्ब ६० करोडको आयोजना अप्रिल २०२३ भित्र सक्ने लक्ष्य निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति अहिलेसम्म १६ प्रतिशत पुगेको छ । ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर २६...

सम्बन्धित सामग्री

काम अलपत्र पार्ने चिनियाँ कम्पनीलाई नै सिद्धबाबा

नारायणगढ–बुटवल सडक विस्तार थालिएको ३ वर्ष भइसकेको छ । २०७५ पुस ७ मा भएको निर्माण सम्झौताअनुसार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ भित्र काम सक्नुपर्ने उल्लेख छ । तर निर्माणको म्याद सकिन ६ महिना मात्रै बाँकी रहँदा भौतिक प्रगति भने १२ प्रतिशत मात्रै छ ।

कोभिड नियन्त्रण सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका छन्। उनले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको उल्लेख गरेका छन्। उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ […]

१० बित्दा पनि पूर्ण निर्माण भएन बागमती पुल

मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौंडा) अन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल १० वर्ष ६ महिना नाघिसक्दा पनि पूर्ण निर्माण हुन सकेको छैन ।पुलको ९० प्रतिशत काम भर्खरै सकिएपनि अझै १० प्रतिशत कामका...

ठेकेदारको बेवास्ताले राप्ती राजमार्ग निर्माणमा ढिलासुस्ती

राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्यामशंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतीको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ ।ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि बेवास्ता भएको कपुरकोटका कमल शर्माले बताए ।   अहिले कपुरकोटदेखि चो

ठेकेदारको बेवास्ताले राप्ती राजमार्ग निर्माणमा ढिलासुस्ती

राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम-शंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ । ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि बेवास्ता भएको कपुरकोटका कमल शर्माले बताए ।  अहिले कपुरकोटदेखि चोरखोल

६३ प्रतिशत मुद्दा फर्स्योट

चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।  ३ हजार ८३० मुद्दामध्ये उक्त अवधिमा २ हजार ४३४ फर्स्योट भएका छन् । अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका २ हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ हजार ३७१ मुद्दा हुन् । उनका अनुसार ती मुद्दामध्ये २ हजार ४३४ फर्स्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै, ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो संख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि ५ हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट २ हजार ६६८ वर्ष ६ महिना २० दिन कैद र १५ करोड ९८ लाख ५ हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए । पक्राउ परेकाबाट १ हजार ६१ वर्ष ६ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने ९ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समय अदालतमा काम नहुँदा फैसला कार्यान्वयन बन्द भएपछि फस्र्योट कम भएको देखिएको उनको भनाइ छ । रासस

नयाँ संसद भवनको २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छिन् । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन् ।  भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए ।