नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन् । बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए । ‘नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ । उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि