जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताउनुभयो । […]

सम्बन्धित सामग्री

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारेका हुन् । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड र जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहित पार्किङ निषेध गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो । ‘हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,’ कोइरालाले भने । महानगरले बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको छ । सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेकोे कोइरालाले बताए । विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा पार्किङ निषेध गरिएकोप्रति यात्रु र सर्वसाधारणले खुशी व्यक्त गरेको दाबी गरिन् । ‘विराटनगर हामी सबैको हो, हामी सबै मिलेर लाग्यौं भने मात्र विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं,’ उनले भनिन् । वडा नं ९ का अध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीलाई आग्रह गरे । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको जानकारी दिए । रासस

जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छिन्। सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड...

जनताको चाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउण्ड पार्किङ बन्दैनः सुनिता डंगोल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन्। सोमबार ‘अकुपाइ टुँडिखेल’ अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्। उनले धरहरा, काठमाडौँ प्लाजालगायतमा सञ्चालन हुने […]