खुशीबुँस्थित कपडा गोदाममा आगलागी

काठमाडौं : खुशीबुँस्थित एक कपडा गोदाममा आगलागी भएको छ। बस्तीको बिचमा रहेको गोदाममा दिउँसो लागेको आगो नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट दमकल परिचालन गरिएको छ। बिजुलीको काम गर्दा आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट गोदाममा रहेका कपडाहरु नष्ट भएका छन्। यस्तै, तयारी अवस्थामा रहेका कपडा पनि जलेका छन्। प्रहरीले…

सम्बन्धित सामग्री

गोदाम आगलागीमा तीन घाइते, ८० लाखको क्षति

कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ । बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चारतले पक्की घरको बिचतलामा रहेको कपडा गोदाममा आगलागी भएको हो ।

दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरकाे क्षति

दाङ - दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ । विद्युतकाे तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ । आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

राजधानीको नयाँबजारमा आगलागी

काठमाडौँ  –  राजधानीको नयाँ बजारस्थित एउटा कपडा पसलमा आगलागी भएको छ। महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो जनम हमालको सिरक गोदाममा आगलागी लागेको हो। आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख दुर्गा दाहालले जानकारी दिए। ५–६ वटा दमकलबाट आगो नियन्त्रणमा आएको हो।  आगलागीबाट भएको क्षतिबारे जानकारी आइनसकेको डीएसपी दाहालले जानकारी दिए।

आगलागीबाट एक करोड बराबरको क्षति

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गएराति कपडा गोदाममा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ

कपडा गोदाममा आगाे लाग्दा आठको मृत्यु, ६ गम्भीर घाइते

भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । अहमदाबादको नानुकाकामा रहेको