नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोरको कोठेधार–टिंकर सडक खण्डमा बजेट अभाव भएको छ । सेनाले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको काम गर्न २५ करोड बजेट मागे पनि सरकारले कम बजेट उपलब्ध गराएपछि कामको गति घटेको छ ।
धनगढी – नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो। १४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका […]
काठमाडौँ – नेपाली सेनाले सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण सम्पन्न गरेको छ। मन्त्रिपरिषद्को ०७७ साल वैशाख १४ गतेको निर्णयबमोजिम दार्चुला–टिंकर सडक कोठेधार–टिंकरखण्ड) को ७५ किमि सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान गरिएको थियो। सोही मितिको २८ गतेबाट उक्त स्थानमा परिचालन भई ०७७/७८ मा सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण सम्पन्न भएको हो। साथै, ०७८ साल […]
पश्चिमी त्रिदेशीय सीमा जोड्ने व्यास गाउँपालिकाको टिंकर जोड्ने सडक निर्माण प्रक्रिया नेपाली सेनाले बल्ल सुरु गरेको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडक खण्डको ८७ किलोमिटर ट्र्याक खोल्न सरकारले गत वैशाखमा सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।