नर्भिक अस्पताललाई कानूनको पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडाैं : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्। अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्ताे बताएका हुन्।महानगरले साेमबार २४ घण्टाकाे म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेकाे थियाे। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय

सम्बन्धित सामग्री

बालेनले अभियन्ता ईं लाई भने: कानुनले तपाईंको माग पूरा गर्न दिंदैन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अभियन्ता ईं लाई काठमाडौं महानगरले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिन आग्रह गरेका छन्।

विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना गर्न मेयर शाहको आग्रह

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम विद्यालयको नाम र लोगो (चिन्ह) राख्न अनुरोध गरेका छन् ।

कोभिडको सङ्क्रमण बढेको भन्दै सतर्कता अपनाउन विराटनगर महानगरको अनुरोध

विराटनगर । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपिलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट […]

वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउन लोहनीको आग्रह

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले शहरमा सुकुम्बासी समस्याप्रति मेयर वालेन्द्र साह (बालेन) संवेदनशील हुनुपर्ने बताएका छन् । शहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानूनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

खेरसन शहर रूसी कब्जामा‚ रूसको आदेश मान्न मेयरको आह्वान

किभ :  रूस र युक्रेनबीच भएको युद्धको आठौं दिनमा रूसी सेनाले युक्रेनको प्रमुख शहर खेरसन कब्जा गरेको छ।रूसी सेनाले नियन्त्रणमा लिएको बताउँदै खेरसन नगरका मेयरले स्थानीय बासिन्दालाई रूसी सेनाको आदेश पालना गर्न आदेश दिएका छन्।रूसी सेनाले राजधानी किभमा कडा आक्रमण गरिरहेको छ र मानिसलाई घरमै बस्न सल्लाह दिएको छ। यसैबीच रूसले युक्रेनलाई कब्जा गर्ने काममा अघि बढिरहेको अमेरिकाले चेतावनी दिएको छ।खेरसनका मेयर इहोर कोलिखायेभले स्थानीय बासिन्दालाई आग्रह गर्दै भने‚ 'शहरमा आएका सशस्

मेयर जिसी भन्छन्ः स्वास्थ्य मापदण्ड अपनाई चाडबाड मनाउनुहोस्

कास्की। स्वास्थ्य उपचार गराएर फर्किएका पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले कार्यालयमा उपस्थित भई दशै, तिहार, छठलगाएतका चाडपर्वको शुभकामना दिएका छन् । त्यस्तै चाडपर्वको समयमा स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् ।

जात्रा र पर्वमा भीडभाड नगर्न ललितपुर महानगरको आग्रह

काठमाण्डाै - ललितपुर महानगरपालिकाले जात्रा तथा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको छ । भीडभाड गरि धेरै जना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम रहेकाले सङ्क्रमणबाट जोगिन पर्व तथा जात्रा साङ्केतिक रुपमा मात्र मनाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो । जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, भीमसेन जात्रा तथा अरु पर्वहरु मनाउँदा सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सीमित सङ्ख्यामा सहभाग...

लकडाउनको विरोधमा धरानका स्थानीय

भदौ २, धरान । कोरोना संक्रमितसँगै मृतकको संख्यामा समेत वृद्धि हुँदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् ।  राजनीतिक दलको दबाबमा मेयर तिलक राईको लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधवार नाराबाजी गरेका हुन् ।  लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर्न आग्रह सहितको माइकिङ, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ । तर, धरानका होटल व्यवसायी, यातायात मजदूर, व्यापारी व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नुपर्ने भन्दै धरानमा विरोधसभाको आयोजना नै गरेका छन् ।  उनीहरुले ‘अव्यवस्थित लकडाउन विरुद्धको अभियान धरान’ गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयले ‘कि त गरिखानेलाई गरिखान देउ, विष खान र पासो लगाउन बाध्य नपार’ जस्ता नारा लगाएका थिए ।  अभियानका संयोजक हरि श्रेष्ठले विगतमा गरिएका लकडाउन पनि विकल्प बिना गरिएकाले कुनै उपलव्धीमूलक नभएको बरु उल्टै मजदूर तथा व्यापारी व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘विगतको जस्तो लकडाउन हो भने लकडाउन गर्नुको कुनै औचित्य छैन, लकडाउनको विकल्प खोजिनुपर्छ ।’ उनले विगतमा लकडाउनमा व्यापारीले घरभाडा तिर्न नसकेको, बैंकको ऋणको व्याज तिर्न नसकेको, यातायात व्यवसायीले बिहान बेलुका छाक टार्न नै धौ धौ भएको बताए ।  उनले भने, ‘हामी लकडाउनको विरोधी होइनौं, लकडाउन नै गर्ने हो भने व्यापारीहरुको घरभाडा छूटदेखि लिएर कर छूट हुनुपर्ने, लकडाउन अवधिभर मजदूरको रोजीरोटीको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरुमा स्थानीय सरकारले छूट गर्नुपर्छ, अनिमात्र लकडाउन गर्नुपर्छ ।’   यता यातायात मजदूर विनय पोख्रेलले विगतमा सबै क्षेत्र खुल्ला हुँदा लामो समयसम्म यातायात नखुल्दा मजदूरहरु मारमा परेको बताए । उनले भने, ‘हुनेखानेलाई लकडाउनले केही असर गर्दैन तर हामीजस्ता मजदूरको जीवनयापन गर्न नै कठीन हुन्छ ।’ विगतकै जस्तो लकडाउन हो भने नगर्दा राम्रो हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनले भने, ‘लकडाउन पूर्ण रुपमा हुनुपर्छ, व्यापारी, व्यवायीलाई सहुलियत हुने खालका प्याकेज ल्याउनुपर्छ अनि मात्र लकडाउन गर्नुपर्छ ।’ छलफलकै समयमा लकडाउनको विरोध गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने, ‘व्यवस्थित ढंगबाट लकडाउन गर्ने हो भने हामी पूर्ण सहयोग गर्छौ ।’ गत सोमवार लकडाउनको चेनब्रेक गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा जिल्ला सुरक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लकडाउनको विकल्न खोजिनु पर्ने व्यापारी व्यवासायीले माग गरेपछि बिना निष्कर्ष बैठक सकिएको थियो । पुनः धरान उपमहानगरपालिका सर्वदलिय, सर्वपक्षिय बैठकबाट व्यवपारी व्यवसायीको विरोधको बाबजुद शुक्रवारदेखि लकडाउन गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।   लकडाउनको चौतर्फी विरोध भइरहँदा धरान उपमहानगरपालिकाले भने बाध्यात्मक परिस्थितिमा लकडाउन गर्नु परेको बताएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोनोको ग्राफसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले बाध्य भएर लकडाउन गर्नुपरेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेर लकडाउन गरेका हैनौ सबैको छलफल पश्चात यो निर्णयमा पुगेका हौ, यसमा विरोधभन्दा पनि सहयोग गरेर लकडाउनको पूर्ण पालना गर्नु नै अहिलेको अवस्थामा उचित छ ।’