पर्वत : मोदी खोला जलविद्युत् केन्द्रमा यो वर्ष अहिलेसम्मकै बढी विद्युत् उत्पादन भएको छ। २०५७ सालमा बनेको केन्द्रले गत आर्थिक वर्षको साउन, भदौ, माघ, फागुन, चैत र असार गरी ६ महिनामा धेरै विद्युत् उत्पादन गरेको हो।केन्द्रका प्रमुख आभास ओझाका अनुसार आयोजनामा रहेका उपकरण तथा प्राविधिक सामग्रीको मर्मत सम्भार, कर्मचारीहरूको क्रियाशीलता, अनुकूल मौसम र नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनका कारण लक्ष्यभन्दा धेरै र अहिलेसम्मकै उच्च परिमाणमा विद्युत् उत्पादन भएको हो।‘आर्थिक वर्ष २०७८\०७९ म