सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोसी जलविद्युत् आयोजनाले यही महिनाभित्रमा बिजुली उत्पादन थाल्ने भएको छ ।
निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो र देशकाे तेस्राे ठूलाे ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाको टर्वाइन टेस्ट गरिएको छ । बाँध, सुरुङ, पेनस्टेक, विद्युत् गृहको परीक्षणपछि पानीले टर्वाइन घुमाएर 'वेट टेस्ट' गरिएको हो । अब केही दिनमा लाइ परीक्षण गरिने छ । तिङ्लामा रहेको लाम्माने सब स्टेशनमा उपकरण परीक्षणपछी बिजुली उत्पादनको का...