बेवारिसे शव पहिचान र व्यवस्थापनका लागि स्वीकृत भयो निर्देशिका

काठमाडौं : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ। मंगलवार बसेको बैठकले बेवारिसे शवको पहिचान र उचित व्यवस्थापन गर्नका लागि उक्त निर्णय गरिएको हो। निर्देशिका बनाउनका लागि डाक्टर सुगमजंग केसीले २०७२ सालदेखि नै व्यक्तिगत पहल गर्दै आएका थिए। सोही वर्ष भूकम्पमा भत्किएका भौतिक संरचनामा परी ज्यान…

सम्बन्धित सामग्री

'बेवारिसे शवकी सन्तान' सपना राेका

बेवारिसे शव व्यवस्थापनका लागि सपनाले आफ्नो पछाडि युवाहरूको एउटा जमात नै खडा गरेकी सपना कोभिडले विश्व डराइरहेको अवस्थामा पनि याे कामबाट भागिनन्

दाङमा बेवारिसे शव व्यवस्थापनमा समस्या

दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।