दाङमा बेवारिसे शव व्यवस्थापनमा समस्या

दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।

सम्बन्धित सामग्री

बागलुङमा बेवारिसे शव फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए।...

पिलुवाखोलामा बेवारिसे शव फेला

संखुवासभा : चैनपुर नगरपालिका–१ स्थित बिहीबारे मा बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान  अन्दाजी ३५÷ ४० वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।चैनपुर –१  बिहीबारे स्थित पिलुवाखोलामा एक जना पुरुषको बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए। उक्त शवको पहिचान नखुलेकाले शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा  राखिएको छ।

महोत्तरीमा बेवारिसे शव फेला

महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो । जनकपुर–जलेश्वर सडक खण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पुरुष जस्तो देखिने शवलाई इलाका प्रहरी कार्यालय सहोडवाबाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।अन्दाजी २५–३० व

सुर्खेतमा बेवारिसे शव फेला

सुर्खेतमा एउटा बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय भवनको भुईंतलामा बेवारिसे शव फेला परेको हो। सोमबार भवनको बरण्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्णकी अन्दाजी २८–२९...

सप्तरीमा बेवारिसे शव फेला

सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कोसी नहरमा बेवारिसे शव फेला

काठमाडौं : सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-८ तोपा र राजविराज नगरपालिका-१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय…

कालीगण्डकी नदीमा बेवारिसे शव फेला

पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित खनियाघाटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार खनियाघाटमा कालीगण्डकी नदीको बीच भागमा करिब ३५‚ ४० वर्ष उमेर अनुमान गरिएका पुरुषको बेवारिसे शव फेला परेको हो।  शवको प्रकृति हेर्दा मृत्यु भएको २‚ ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ।अनुहारमा सामान्य चोट देखिएको भए पनि त्यो चोट बग्ने क्रममा नदीको ढुङ्गामा ठोक्किएर लागेको हुन सक्ने प्रहरीको प्रारम

गुल्मीमा रुखमा झुण्डिएको बेवारिसे शव भेटियो

५ मंसिर, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ । जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको […]

बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मन्त्रिपरिषदद्वारा स्वीकृत

सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ।

त्रियुगा नदीमा बेवारिसे शव फेला

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेस्थित त्रियुगा नदीमा बेवारिसे शव फेला परेको छ ।