काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ । काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उनले बताए ।