काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक उतारचढावले धेरैको ध्यान खिचिरहेको छ । केही दिन अगाडि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको थियो । तर, अचानक जनमोर्चाका एक जना सांसद खिम विक्रम शाही कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको थियो ।