हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरू, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामा