काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यस पटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन् […]