सर्लाहीमा आगाेले जलेर एक जनाकाे ज्यान गयाे

सर्लाही - सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टीमा आगोले जलेर एक जनाको ज्यान गएको छ । बिहान घर नजिकैको सडक छेउमा ६६ वर्षीय रामआशिष साहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको  शरीरमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाले  बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उहाँको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयो । राति घरमै सुतिरहेका साह कसरी सडकमा पुग्नुभयो र आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सात वटा पशु जलेर मरे

सिमकोट – बुधबार राति दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– ५ को काँखे गाउँको एक घरमा आगालागी हुँदा सात वटा पशु जलेर मरेका छन्। घर आगलागीबाट पशु जलेर मर्नेमा मान्या टमटाको रहेका छन्। आगलागीबाट पीडित टमटाका दुई वटा भैँसी, एक पाडो, दुई वटा बाच्छासहितका दुहुना गाई गरी सात वटा पशु जलेर मरेका हुन्। आगलागी भएको यकिन नभए […]

आगोले जलेर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको छ।

ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए ।भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खट

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

काठमाडौँ । संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीहरूले खाँदबारी अस्पताल ल्याएका थिए।जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारकाा क्रममा मृत्यु भएको हो […]

आगलागीबाट जलेर बालकको मृत्यु, तीन घर जलेर खरानी

सप्तरीको बोदेबरसाईन–१० अमरैया गाउँमा शुक्रबार दिउँसो भएको आगलागीमा एक जना बालकको जलेर मृत्यु भएको छ।...

आगलागीमा तीन घर जलेर नष्ट

नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दि

तीन बालकको जलेर मृत्यु

आगलागीमा परेर हेलम्बु गाउँपालिका –७ सुर्सिङका तीन बालकको जलेर मृत्युु भएको छ । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षकै बालक दिलबहादुर तामाङको जलेर मृत्युु भएको...

जलेर चार वर्षीय बालिकाको मृत्यु

आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।स्थानीय भक्तीशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् । गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलाग

ताप्लेजुङमा चार घर जलेर नष्ट

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ । घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ ।आगलाग

जलेर बालिकाको मृत्यु

बैतडीबो सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ ।