स्ववियु निर्वाचन: गुप्तेश्वर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन आज मतदान भइरहेको छ। शनिबार बिहान ८ बजेबाट मतदान सुरू भएको नेविसंघ पाटनका विद्यार्थी नेता सुवास पोखरेलले जानकारी दिए। पाटनमा यसपालि विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र गरी ६ जना स्ववियु सभापतिका उम्मेदवार रहेकाे नेता पाेखरेलले बताए । पाटनमा यसअघि चैत ५ गतेका लागि तय गरिएको […]
काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृष्ण क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति किर्तिपुरलाई नेविसंघले आज (सोमबार) ध्यानाकार्षण पत्र बुझाउँदै गत चैत्र १७ गते रामपुर कृष्ण क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान […]
चैत ६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारिले […]
बुटवलः रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अभिषेककुमार यादव निर्वाचित भएका छन्। आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो।
पहिलोपटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा निराजन…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि त्रिविले आचारसंहितासमेत जारी गरिसकेको छ।
तर, त्रिचन्द्र क्याम्पसमा भने भर्ना विवादका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिचन्द्र क्याम्पसले मतदाता नामावलीसमेत ननिकालेको भन्दै केहीदिन अघि नेपाल विद्यार्थी संघले विरोध गरेको थियो।
आज पनि…
काठमाडौं, ८ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा अखिलका क्रान्तिकारीले राखेको झण्डा नेविसंघका नेताहरुले हटाएपछि झडप भएको हो । झडपसँग क्याम्पस परिसरमा अहिले प्रहरी परिचालन गरिएको छ ।
कैलाली, फागुन ६ । कैलालीको धनगढीमा नेपाल विद्यार्थी संघको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण सुरु गरिएको छ। धनगढी–३ मा रहेको सौराइ स्वायरमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। ‘प्रतिष्ठत नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आर्जु राणा देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको नेविसंघ कैलालीले जनाएको छ। प्रशिक्षण […]
काठमाडौं, २१ पुष । नेपाल विद्यार्थी संघले त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत्र छ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेकोमा स्वागत गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै स्ववियु निर्वाचन गर्ने प्रस्तावको स्वागत गरेका हुन् । उनले स्ववियु निर्वाचनमा भाग लिन आफ्नो संगठन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । […]
तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए । स्ववियुको निर्वाचन