पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिवार कैलालीको धनगढीमा विरोध सभाको आयोजना गरेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शनिवार कैलालीमा सभा आयोजना गरेको हो ।
सभालाई प्रचण्ड, नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।
सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो नै कैलाली पुगेका थिए । विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।
प्रचण्ड-नेपाल समूहले बिहीवार बुटवल र ...