प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाण्डाै – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नु हुने भएको छ ।  पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले आज शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो । पहिलो बैठकमा प्रतिनिधि सभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको पहिलो बैठक यही...