काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन्। नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बाेधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसदमा फिर्ता गरिदिएकी थिइन्। सो […]