नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले उडाएको ट्वीनअटर जहाज सोमबार दिउँसो ४ बजेतिर नेपालगञ्जको आकाशमाथि थियो । जहाजको गन्तव्य थियो – रुकुमको चौरजहारी विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए ।उडिरहेको जहाज र अवतरण गर्नुपर्ने चौरजहारी विमानस्थलमा कुनै समस्या थिएन । जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे ।के, पाइलटले ड्युटी आवर सकिएको भन्दै गन्त