हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले यससम्बन्धी सूचना प्रकाशित गर्दै इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेस गर्न आग्रह गरेको हो। सूचनाअनुसार एक वर्षका लागि लगानी गर्न […]
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर […]
काठमाडौँ। संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे। हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो। सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलाे मिटर रहेको छ। […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य समारोहका बीच हुन लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता–कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने अनुमान गरिएको छ। उद्घाटन […]