तस्वीर : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन

जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तरराष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन एकापसमा कुराकानी गर्दै । सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नुभएको छ । तस्वीर सौजन्य : कोप- २६

सम्बन्धित सामग्री

कोप २६ मा प्रधानमन्त्री देउवाको भावभंगी [तस्बिरहरू]

प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिने क्रममा अहिले बेलायतमा छन् । गत शुक्रबार बेलायत गएका देउवाले सोमबार 'लिडर्स सम्मेलन'मा सम्बोधन गरिसकेका छन् । त्यहाँ उनले जलवायुसम्बन्धी प्रभावित मुलुकहरुलाई विकासित देशहरुले दिने भनेको आर्थिक सहयोग दिन माग गरेका छन् । औपचारिक सम्मेलनसँगसँगै उनी सम्मेलनका क्रममा हुने साइडलाइन भेटघाटहरूमा पनि संलग्न छन् । उनले यसक्रममा शक्ति राष्ट्रका सरकार प्रमुखहरूसँग भेट गरिसकेका छन् । उनले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, मंगोलियाका राष्ट्रपति अखना खुरेल्सुकदेखि भारतका प्रधानमन्त्रीसम्म भेटिसकेका छन् । यी भेटघाटमा प्रधानमन्त्री देउवाको भावभंगी धेरै हँसिलो देखिएको छ । पाँचपटकसम्म प्रधानमन्त्री भइसकेका देउवाका लागि यस्ता अन्तर्राष्ट्रिय फोरमहरू नौला होइनन् । त्यसैले तस्बिरहरूमा उनी 'कन्फिडेन्ट' देखिन्छन् ।तस्बिरहरूः रासस, रोयटर्स र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको ट्विटर

प्रधानमन्त्री देउवा जान लागेको सीओपी२६ के हो ?

१४ असोजबाट स्कटल्यान्डको ग्लासगो सहरमा सीओपी२६ सम्मेलन सुरु हुँदैछ । यस सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती महारानी एलिजावेथ, प्रधानमन्त्री बोरिस जोनसन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका प्रधानमन्त्री इम्मानुयल माक्रोँलगायत विश्वका शीर्षस्थ नेताहरू सहभागी हुनेछन् । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने

प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी समिटमा सहभागी हुन स्कटल्यान्ड जाने

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डकाे ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘कोप २६ समिट’ मा सहभागी हुने भएका छन्।साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘कोप २६ समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ। ग्लास्गोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदै छ। उक्त समिटमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेता