काँग्रेस धरानको नवनिर्वाचित नगर समितिलाई प्रमाण पत्र वितरण

नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत धरानका नगर अधिवेशनबाट निर्वाचित भएका नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ ।  बुधबार धरान १२ स्थित गीता भवनमा काँग्रेस धरानका निवर्तमान सभापति एवं मेयर तिलक राईको सभाध्यक्षमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन समितिद्वारा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको हो । काँग्रेस धरानको नगर अधिवेशन असोज ९ गते भएको थियो । उक्त अधिवेशनबाट नगर सभापति श्याम पोखरेलको नेतृत्वमा पदाधिकारीसहित १ सय १ जना सदस

सम्बन्धित सामग्री

काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरे

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।  स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।

नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्छः निधि

जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । जनकपुरधाममा आज पार्टीको धनुषाका नवनिर्वाचित जिल्ला पदाधिकारीहरूको प्रमाणपत्र वितरण समारोहमा नेता निधिले नेपाली काँग्रेस परनिर्भर नभई आत्मनिर्भर भएर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा हुने निर्वाचनमा दलहरूले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । निधिले चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा […]

बारा काँग्रेस सभापतिमा यादव

नेपाली काँग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत  पाएका थिए ।  प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए ।नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरेका छन् । उनले भने, “ स्थानीय तहका निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”

काँग्रेस सप्तरी सभापतिमा रामदेव साह चयन

राजविराज– नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । नवनिर्वाचित साह शेखर कोइराला समूहका हुन् । साहले १ हजार १८६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शत्रुधनप्रसाद यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । २ हजार ५३५ मतदाता रहेको सप्तरीमा २ हजार ३४२ मत खसेको थियो ।

एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आह्वान

नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको एक नेताले रातोपाटीलाई बताए । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने १० गते बैठक बोलाउने भएपनि समय तय भइनसकेको बताए । त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् । १४ औं महाधिवेशनबाट

केन्द्रीय महाधिवेशनपछि मात्र काँग्रेस मकवानपुरको अधिवेशन

नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन सारिने भएको छ । बुधबार हेटौंडामा पत्रकारसँगको भेटघाटमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरू र नवनिर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन पछिमात्र जिल्ला अधिवेशन गर्ने नि