एमालेले अधिवेशन भएकामध्ये करिब ८३ प्रतिशत जिल्लामा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको छ । हालसम्म अधिवेशन भएका ६६ मध्ये ५५ मा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । पार्टी नेतृत्व चयनमा सर्वसम्मतका नाममा केन्द्रको हस्तक्षेप हुने गरेको आलोचना बढेपछि यस पटक जिल्ला अधिवेशनको नेतृत्व चयनमा प्रतिस्पर्धालाई खुला राखेको एमालेको भनाइ छ ।