काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ । मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् । काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित...