नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा मा...