पोखरामा सूर्य दर्शन सेवा सञ्चालनमा, केबलकार चढ्नेकाे संख्या वृद्धि

कास्की । अन्नपूर्ण केबलकार पोखराले मंगलबारबाट सूर्य दर्शन सेवा सञ्चालनमा ल्याए पछि केबलकार चढेर सराङकोट पुग्नेहरूको सङ्ख्या बढेको छ । विगतका दिनहरूमा भन्दा मंगलबार केबलकार चढेर सराङकोट पुग्नेहरूको सङ्ख्या करिब पचास प्रतिशतले वृद्धि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।पर्यटकहरूको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्य दर्शन नराइज़ सेवालाई मध्यनजर गरी केबलकार सञ्चालनमा ल्याए […]

सम्बन्धित सामग्री

मौलाकाली केबलकारमा साताको एक दिन ५० प्रतिशत छूट

चितवन । गैंडाकोटमा सञ्चालित मौलाकाली केबलकारले मन्दिर जाने दर्शनार्थीलाई केबलकारको टिकटमा छूट दिने भएको छ । कम्पनीले दर्शनार्थी एवं धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यसहित केबलकारमा छूट अफर ल्याएको हो । जसअनुसार हाल साताको बुधवार अपराह्न २ बजेदेखि टिकटमा ५० प्रतिशत छूट गरिएको छ । यही साउनदेखि लागू हुने गरी यो अफर शुरु गरिएको मौलाकाली केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए । ‘केबलकारबाट दर्शन गर्ने इच्छुकेलाई सातामा एक दिन मात्र छूट गर्दा पनि धेरै राहत र सहुलियत पनि हुन्छ,’ पौडेलले भने, ‘दर्शनार्थी र धार्मिक पर्यटक पनि बढ्छन् ।’  हाल केवलकारको दुईतर्फी टिकट शुल्क ५५० रुपैयाँ कायम गरिएको छ । छूट सुविधाअनुसार २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न सकिनेछ ।  यो छूट सुविधाले सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नुका साथै दर्शनार्थीहरूलाई दिउँसो पनि मन्दिर दर्शन गर्न प्रेरित गर्ने पौडेलले बताए । केबलकार सञ्चालनमा आएसँगै दर्शनार्थीको संख्यामा पनि वृद्धि भएको छ । केबलकारमा औसत दैनिक दुई हजार पाँचसय जनाले यात्रा गर्ने गरेको  कम्पनीको भनाइ छ ।  गत वर्षको तुलनामा २५ प्रतिशतले दर्शनार्थीको संख्यामा वृद्धि भएको मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।  यसअघि वर्षात् र अत्यधिक गर्मीका कारण दर्शनार्थीको संख्या न्यून रहे पनि केबलकार सञ्चालनमा आएसँगै अफसिजनमा पनि दर्शनार्थीको संख्या कम नभएको अध्यक्ष सापकोटाको भनाइ छ ।  धार्मिक तथा ऐतिहासिक महत्त्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारले बिदाका दिनबाहेक बिहान ६ बजेदेखि दर्शनार्थीहरूलाई सेवा दिँदै आएको छ । शनिवार र अन्य बिदाका दिनमा बिहान साँढे पाँच बजेदेखि केवलकार सञ्चालन हुँदै आएको छ ।

सिन्धुलीमा पनि केबुलकार

सिन्धुलीको सदरमुकामदेखि सिद्धबाबा मन्दिरसम्म केबुलकार निर्माण हुने भएको छ । केबुलकार सञ्चालनका लागि उद्योग विभागले सिद्धबाबा दर्शन केबलकार कम्पनीलाई अनुमति दिएको छ । करिब २० करोड रुपैयाँको लगानीमा केबुलकार निर्माण हुन लागेको हो । सिन्धुली सदरमुकाम ढुंग्रेवास–मल्ल गाउँ, ठुलीचौरदेखि सिद्धबाबा मन्दिरसम्म बन्ने केबुलकारको एकतर्फी लम्बाइ १ हजार ६ सय मिटर छ । केबलकारबाट दैनिक १ हजार २ सय जना ओहोरदोहोर गर्नसक्ने कम्पनीले बताएको छ । उक्त केबुलकार एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने कम्पनीका प्रबन्ध निर्देशक शंकरनाथ शर्मा अधिकारीले बताए । यसका लागि कम्पनीले भारतको कोलकातास्थित सीआरएसटीएल कम्पनीसँग १७ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको छ । टोकन मनी (पेश्की) पठाएको १० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौताको शर्त रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । पेश्की रकम एक महिनाभित्रै पठाउने कम्पनीले बताएको छ । निर्माणकर्ता कम्पनी सीआरएसटीएलले भारत, श्रीलंका, भुटान आदि देशमा सयभन्दा बढी केबुलकार र रोपवे निर्माण गरिसकेको बताइएको छ । सीआरएसटीएल निर्माणाधीन लुम्बिनी केबलकारको पनि ठेकेदार हो । केबुलकारसँगै कपनीले सिद्धबाबाका मन्दिरनजिक भ्यु टावर, धर्मशाला तथा वनभोजस्थल समेत निर्माण गर्ने योजना बनाएको छ । यसका लगि एक बिघा जमिन किनिसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए । केबलकार सञ्चालनमा आएपछि भारतीय तथा आन्तरिक पर्यटकको संख्या वृद्धि हुने कम्पनीको आशा छ । वर्ष ५, अंक ४४, २०६७, असार २१– २७